3 years ago
December 15, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई साउदी अरेबियाले पराजित गर्यो । साउदी समर्थकको बाहुल्यता रहेको लुसेल रंगशालामा अर्जेन्टिनाको हारपछि ‘ह्वेर इज मेस्सी’ ह्विम नै चल्यो ।

मेस्सीले साउदीविरुद्ध खेलमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा साउदीले लगातार दुई गोल गर्दै अग्रता लियो । पहिलो खेलमा नै साउदीले २-१ को जित दर्ता गरेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने संघारमा थियो ।
दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि मेक्सिकोका समर्थकले ह्वेर इज मेस्सीको नारा लगाए । पहिलो हाफ गोलरहित रहेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने डर बढ्दो थियो । उक्त खेलमा हार बेहोरेको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने दोस्रो राष्ट्र बन्ने थियो । तर ६४ औं मिनेटमा मेस्सीले सानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । उक्त खेल २-० ले जित्दै अर्जेन्टिनाले सम्भावना जीवित राख्यो ।
समूहको अन्तिम खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेपनि अर्जेन्टिना पोल्यान्डमाथि २-० को जितका साथ राउन्ड अफ १६ मा पुग्यो । साउदी समर्थकले सुरु गरेको ह्वेर इज मेस्सीको नारा मेक्सिकोविरुद्ध खेलबाट अघि बढ्न सकेन । साउदी र मेक्सिको दुवै समूह चरणबाट नै बाहिरिएपछि त झन् मेस्सीविरुद्ध नारा बिलय भयो ।
मंगलबार राती त साउदी समर्थक नै मेस्सीविरुद्ध नारा परिवर्तन गरेर अर्जेन्टिनाकै समर्थनमा देखिए । सामाजिक संजालमा ‘ह्वेर इज मेस्सी’ भन्दै भाइरल बनेका एक समर्थक भने सेमिफाइनलमा अर्जेन्टिनाकै समर्थन गरिरहेको भेटिए । उनका अनुसार फाइनल पुग्यो भने अर्जेन्टिनाको समर्थन गर्ने वाचा अनुसार उनी मेस्सीको समर्थनमा आएका हुन् ।
The "Where is Messi" guy is supporting Argentina😂 pic.twitter.com/zWp8Jd8m8b
— La Pulga (@UniHaz10) December 14, 2022
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]