default_image

3 years ago

December 16, 2022

युरोपेली रेफ्रीले विश्वकप फाइनल खेलाउने

344 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल युरोपेली रेफ्रीले खेलाउने भएका छन् । फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी पोल्यान्डका सिमोन मार्सिनियाकले प्राप्त गरेका हुन् ।

मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् । अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् । एल्फाथको नाम मुख्य रेफ्री बन्ने चर्चामा रहेपनि फिफाले युरोपेली राष्ट्रकै रेफ्रीलाई जिम्मेवारी दिएको हो । युरोप र दक्षिण अमेरिकाका टोली फाइनल खेलिरहेको अवस्थामा अमेरिकी रेफ्रीले जिम्मेवारी पाउने चर्चा चलेको थियो ।

मार्सिनियाकले जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनले समूह चरणमा फ्रान्स र डेनमार्कबीच खेल खेलाएका थिए । उक्त खेलमा फ्रान्सले २-१ को जित दर्ता गरेको थियो । त्यस्तै राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए ।

यस्तै तेस्रो स्थानको खेलका लागि भने स्थानीय रेफ्रीले अवसर पाएका छन् । क्रोएसिया र मोरक्कोबीच हुने खेलका लागि कतारका अब्दुलरहमान अल जसिम मुख्य रेफ्री रहनेछन् । उनलाई कतारकै तालेब अल मारी र साउद अहमद अलमकालेले साथ दिनेछन् । यो जोडीले यसअघि समूह चरणमा अमेरिका र वेल्सको खेल खेलाएको थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.