default_image

1 year ago

December 16, 2022

स्पेनका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्वकप विजेता स्पेनका मिडफिल्डर तथा कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा भइरहेको फिफा विश्वकप कतार २०२२ मा निराशाजनक नतिजापछि ३४ वर्षीय बुस्क्वेट्सले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंग्याउने निर्णय गरेका हुन् । स्पेन कतार विश्वकपको प्रि–क्वाटरफाइनलमा खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको थियो । […]

131 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता स्पेनका मिडफिल्डर तथा कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

कतारमा भइरहेको फिफा विश्वकप कतार २०२२ मा निराशाजनक नतिजापछि ३४ वर्षीय बुस्क्वेट्सले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंग्याउने निर्णय गरेका हुन् । स्पेन कतार विश्वकपको प्रि–क्वाटरफाइनलमा खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको थियो ।

‘म घोषणा गर्न चाहन्छु कि लगभग १५ वर्ष र १४३ खेलपछि राष्ट्रिय टोलीबाट बिदा लिने समय आएको छ ।’ बुस्केट्सले लेखेका छन्, ‘मेरो देशको प्रतिनिधित्व गर्नु र यसलाई शीर्षमा लैजान पाउनु, विश्व र युरोपेली च्याम्पियन बन्नु, कप्तान हुनु र धेरै खेलहरू खेल्नु, ठूलो वा कम सफलता पाउनुसँगै अद्वितीय, अविस्मरणीय र ऐतिहासिक अनुभवसहित बिदा लिने निर्णय गरेको छु ।’

‘मलाई अझै पनि यो सम्झना आइरहनेछ । म यो धेरै मिस गर्नेछु । अन्तमा, म मेरो टोलीका साथीहरू र नयाँ प्रशिक्षक लुइस डे ला फुएन्टेलाई सफलताको कमना गर्दछु । अब म एक समर्थक हुनेछु । म रमाइलो गर्नेछु र हाम्रो टोलीलाई बिनाशर्त समर्थन गरिरहनेछु ।’

क्याटलान क्लब बार्सिलोनाका समेत कप्तान रहेका सर्जियोले स्पेनबाट १४३ खेलमा २ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००९ मा स्पेनको सिनियर टोलीमा डेब्यु गरेयता उनी टोलीको नियमित सदस्य हुन् । उनले स्पेनबाट २०१० मा विश्वकप र २०१२ मा युरोकप जितेका छन् ।

उनले २८ मार्च २००९ मा फिफा विश्वकप २०१० को छनोटमा टर्कीमाथि २–१ को जित निकालेको खेलमा दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेका थिए । डेभिड सिल्भाको स्थानमा मैदान छिरेका उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा १६ मिनेट मैदानमा बिताए । उनले म्यासेडोनिया र बेलारुसविरुद्ध गोल गरेका छन् ।

स्पेनले लुइस एनरिकको स्थानमा यु २१ टोलीका प्रशिक्षक लुइस डे ला फुएन्टेले मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । उनको पहिलो परिक्षण मार्चमा हुनेछ । त्यसले स्पेनले युरो २०२४ का लागि नर्वे र स्कटल्यान्डसँग खेल्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.