default_image

1 year ago

December 16, 2022

राष्ट्रिय टोली प्रशिक्षक हुने चर्चाबीच मोउरिन्हो पोर्चुगल पुगे

139 views

0 Bookmark

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने चर्चाका बीच प्रशिक्षक जोसे मोउरिन्हो पोर्चुगल पुगेका छन् ।

पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गरेसँगै राष्ट्रिय टोलीको प्रशिक्षक पद रिक्त रहेको छ । पोर्चुगल फुटबल महासंघले मोउरिन्होलाई मुख्य दावेदारको रुपमा पनि हेरेको छ । हाल इटालियन क्लब एएस रोमामा व्यस्त रहेका मोउरिन्होले भने यसबारे केही बोलेका छैनन् । पोर्चुगलले उनलाई एकै समय रोमा र राष्ट्रिय टोलीमा काम गर्न दिने समेत विकल्प खुला राखेको चर्चा छ ।

मोउरिन्हो र रोमा पनि मध्य सिजन क्याम्पका लागि विहीबार पोर्चुगल पुगेका छन् ‌। विमानस्थलमा मोउरिन्होलाई पोर्चुगलको रिक्त पदम उनको सम्भावना बारे प्रश्न सोधिएको थियो । तर मोउरिन्हो कुनै जवाफ नदिइ अघि बढेका थिए ‌‌। रोमाले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

पोर्चुगल फुटबल महासंघले भने सन् २०२४ को युरोपेली च्याम्पियनसिपलाई लक्षित गर्दै मोउरिन्हो भित्र्याउन चाहेको बुझिएको छ । यसबारे मोउरिन्होको टिमसँग छलफल गरिएको स्थानिय संचारमाध्यमले जनाएका छन् । यद्यपि मोउरिन्होले आफ्नो यकिन उत्तर दिएका छैनन् ।

रोमाले यस साता पोर्चुगलमा प्रशिक्षण क्याम्प र मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यसबीचमा मोउरिन्हो र महासंघबीच छलफलले थप स्थान पाउने पक्का छ । मोउरिन्हो पुन: क्रिस्टियानो रोनाल्डोको प्रशिक्षकका रुपमा आउलान् वा अन्य केहि वातावरण सिर्जना होला, त्यो चासोको विषय बनेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.