default_image

1 year ago

December 17, 2022

फिफा क्लब विश्वकपमा ३२ टोली

226 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ३२ टिम सहभागी हुने गरी नयाँ फिफा क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा सन् २०२५ बाट शुरु हुने क्लब विश्वकपमा ३२ टोली सहभागी हुने बताएका हुन् ।

फिफाले यसअघि नै यो कार्यक्रमको तय गरेपनि २०१९ को अन्त्यतिरबाट चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यो कार्यक्रम स्थगित भएको थियो ।

युरोपका ठुला क्लबको अस्वीकारका बीच फिफाले नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको थियो । ‘यो हरेक ४ वर्षमा ३२ टिमका क्लब सहभागी क्लब विश्वकप हुनेछ ।

यसको पहिलो संस्करण सन् २०२५ मा हुनेछ । विश्वका उत्कृष्ट टिमलाई प्रतियोगितामा आमन्त्रित गरिनेछ ।’ उनले भने । अध्यक्ष इन्फान्टिनोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी समेत गरेका छन् ।

फिफाले अहिले सात महादेशका उत्कृष्ट ७ टिमलाई सहभागी बनाएर क्लब विश्वकपको आयोजना गर्दै आइरहेको छ । उनले यसलाई छलफलबाट टुंगो लगाउने र यो क्लब विश्वकप कुनैपनि हालतमा हुने बताए ।

यस्तै फिफाले ३२ टिम सहभागी महिला विश्वकपको समेत तयारी गरिरहेको बताएको छ । फिफाको क्लब विश्वकपको पछिल्लो उपाधि इंग्लिस क्लब चेल्सीले जितेको थियो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.