default_image

1 year ago

December 18, 2022

भद्रपुर झापा गोल्ड कप हुने, विजेतालाई १३ लाख

98 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप आयोजनाको तयारी सुरु भएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति गठन भएको थियो ।

समितिका महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आइतबार सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ । २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भएको छैन ।

स्थानीय खेलाडीले प्रशिक्षण गर्दा मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको अध्यक्ष ढकालले जानकारी दिए । खेल मैदानमा झार सुकेको तथा धेरै भागमा झार नै नरहेकाले पानीले भिजाएर नयाँ झार रोप्ने काम भइरहेको छ । समितिले पार्किङका लागि आवश्यक ठाउँसमेत तयार पारिरहेको जनाएको छ ।

फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन छ । ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन गर्न लागेको अध्यक्ष ढकालले बताए ।

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहने बताइएको छ । भद्रपुर नगरपालिकाले गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्टाएको छ । फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टोलीले १३ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मुल आयोजक समितिले प्रतियोगिताका लागि विभिन्न उपसमिति पनि गठन गरिसकेको जनाएको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.