default_image

1 year ago

December 24, 2022

रियलले एमबाप्पेलाई पुनः प्रयास गर्ने

141 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा फ्रान्सेली सुपरस्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।

गत सिजन अन्तिम समयमा धोका पाएपनि रियलले एमबाप्पे अनुबन्ध गर्न १ बिलियन युरो खर्च गर्न तयार रहेको बुझिएको छ ।भर्खरै २४ वर्ष लागेका एमबाप्पेले ५६ वर्षपछि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दै २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका थिए ।

फ्रान्सले २०१८ को विश्वकप जित्दा ४ गोल गरेका उनले कतारमा भएको प्रतियोगिता भर आठ गोल गरेका थिए । स्पेनिस च्याम्पियनले २०२१ को समर ट्रान्सफरमा निःशुल्क स्थानान्तरणमा मौखिक सहमति जनाइसकेपनि अन्तिम समयमा उनले रियलको प्रस्तावलाई नकार्दै पिएसजीमा थप दुई वर्षको नयाँ सम्झौता नविकरण गरेका थिए । उनले रियलका समर्थकहरुलाई धन्यवाद समेत दिएका थिए ।

तर, अब एमबाप्पेले रियलबाट खेल्ने मनासय बनाएको छ । म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई रियलमा अनुबन्ध गर्न जे पनि गर्न तयार छन् । गाजेट्टाका अनुसार १४ पटकको युरोपेली च्याम्पियन रियलले ४ वर्षको अवधिमा ८७७ मिलियन पाउन्ड खर्च गर्न तयार छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.