default_image

1 year ago

December 26, 2022

रोनाल्डो साउदी क्लब नै जाने

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासर जाने भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि कुनै प्रस्ताव नआएपछि रोनाल्डो अल नासर जाने युरोपेली संचारमाध्यमले जनाएका छन् । पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट […]

149 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासर जाने भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि कुनै प्रस्ताव नआएपछि रोनाल्डो अल नासर जाने युरोपेली संचारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले युरोपेली क्लबहरुलाई रोनाल्डो अनुबन्धनका लागि प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन ।

रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने इच्छा देखाएपनि शीर्ष क्लबले उनलाई आफ्नो योजनामा समेट्न नसक्ने बताएका थिए । विशेषगरी चेल्सीका नयाँ मालिकले रोनाल्डोलाई मुख्य अनुबन्धनको रुपमा ल्याउन खोजेका थिए । तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले आफ्नो योजनामा नरहने भन्दै ट्रान्सफर हुन दिएनन् ।

जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आइन्ट्राक्ट फ्रान्कफर्टले पनि रोनाल्डो अनुबन्ध नगर्ने सार्वजनिक रुपमा बताएका थिए । रियल म्याड्रिडले दुवै पक्षका लागि रोनाल्डोको आगमन राम्रो नहुने बताउँदा अर्को पूर्व क्लब सपोर्टिङ लिस्बनले आर्थिक कारणले सम्भव नरहने बताएको थियो ।

रोनाल्डोलाई अल नासरले कुल ७ वर्षको सम्झौता गर्ने तयारी गरेको छ । यस अनुसार ३ वर्ष खेलाडीको भूमिकामा र ४ वर्ष सद्भावना दुतको रुपमा उनले समय बिताउनेछन् । रोनाल्डोले यसका लागि मौखित सहमति गरेको र अब पूर्ण लिखित सहमति केहि दिनमा हुने बुझिएको छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.