default_image

1 year ago

December 29, 2022

नेयमारलई रातो कार्ड, एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

120 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले रातो कार्ड खाएको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ ।

पिएसजीले घरेलु मैदानमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्ट्रासबर्गमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले गोल गरे । स्ट्रासबर्गले उपहार गोल पाएको थियो ।

पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा पिएसजीले ७१ प्रतिशत बल पोसेसन राखेपनि जितको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको १४औं मिनेटमा मार्किन्हसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले नेयमारको फ्रिकिकलाई हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए ।

५१औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो । एड्रिएन थोमासनको क्रस मार्किन्हसलाई डिफ्लेक्ट हुँदा गोलरक्षक जियानलुइजी डोन्नररुम्माले बचाउन सकेनन् ।

त्यसपछि दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिँदा पिएसजी दवावमा परेको थियो । ६१औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका नेयमारले त्यसको एक मिनेटपछि दोस्रो कार्ड पाए । पेनाल्टी बक्समा अनावश्यक डाइभ गरेको भन्दै रेफ्री क्लेमेन्ट टुर्पिनले दोस्रो पहेंलो कार्डसहित रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदा पिएसजी १० खेलाडीमा समेटिन पुग्यो ।

१० खेलाडीमा समेटिएपनि पिएसजीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरिरह्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए । पेनाल्टी बक्समा आँफैलाई न्याम्सीले फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गर्दा एमबाप्पे उक्त अवसरमा चुकेनन् ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको लेन्सको ३६ अंक छ । पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.