default_image

1 year ago

December 30, 2022

अन्जन र अनन्तको गोलमा पुलिस पराजित

विजय नेपाली, पोखराराष्ट्रिय टोलीका दुई खेलाडी अन्जन विष्ट र अनन्त तामाङको गोलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेडले २२ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिल क्लबलाई २–१ ले हराएको थियो । चर्च ब्वाइज अन्तिम आठमा पुगेको छ । १–० ले […]

102 views

0 Bookmark

विजय नेपाली, पोखरा
राष्ट्रिय टोलीका दुई खेलाडी अन्जन विष्ट र अनन्त तामाङको गोलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेडले २२ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिल क्लबलाई २–१ ले हराएको थियो । चर्च ब्वाइज अन्तिम आठमा पुगेको छ ।

१–० ले पछि परेको खेल उल्टाउँदै गत वर्ष ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइजले जित निकालेको हो । केहि दिन अघि मात्र क्लबमा आबद्ध भएका अन्जनले बराबरी र अनन्तले निर्णय गोल गरेका थिए । रवि पासवानको गोलमा पुलिसले २५ औं मिनेटमा अग्रता लिएको थियो ।

मनाङ मस्र्याङ्दी क्लब छाडेर चर्च ब्वाइज पुगेका अन्जनले ७६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि थप समयमा अनन्तले गोल गरेका थिए । थ्री स्टार छाडेर नयाँ क्लब पुगेका अन्नतले थप समयको १० औं मिनेटमा गोल गरेका थिए ।

चर्च ब्वाइजले क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसीको सामना गर्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा शनिबार साविक विजेता एपिएफ फुटबल क्लब र पहिलो खेलको विजेता धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.