default_image

1 year ago

January 5, 2023

रंगशालाको बत्तीमा समस्या आउँदा अल नासरको खेल स्थगित

227 views

0 Bookmark

एजेन्सी – साउदी अरबको शीर्ष डिभिजन लिग रोशन साउदी लिग अन्तर्गत विहीबार हुने भनिएको अल नासर र अल ताएबीचको खेल स्थगित भएको छ ।

भारी वर्षाका कारण रंगशालाको विद्युतमा समस्या आउँदा खेल २४ घण्टा पछि सरेको हो । अल नासर हाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ । टोलीले ११ खेलमा २६ अंक जोडेको छ । यस्तै अल शबाबले १० खेलमा २५ अंक जोडेको छ । अल नासरको प्रतिद्वन्द्वी अल ताए ११ खेलमा १८ अंकसहित सातौं स्थानमा छ ।

यसै साता क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपनि पोर्चुगिज फरवार्डले डेब्युका लागि अझै २ खेल कुर्नुपर्ने भएको छ । गत महिना नै एभर्टनका समर्थकको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्डको फुटबल एसोसिएनस (एफए) ले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध सुनाएको थियो । उक्त प्रतिबन्ध फिफाको नियम अनुसार इंग्ल्यान्ड वा त्यसभन्दा बाहिरको घरेलु लिगमा लागु हुने थियो । युनाइटेडसँग आपसी समझदारीमा सम्झौता तोडेका उनी विश्वकप अवधिभर क्लबविहीन थिए ।

रोनाल्डोमाथि लागेको प्रतिबन्ध घरेलु लिग खेलमा मात्र लागु हुनेछ । यसका कारण रोनाल्डोले साउदी क्लब अल नासरबाट आगामी दुइ खेल गुमाउने पक्का भएको हो । अल नासरले भोली राती ८:४५ बजे अल ताएको सामना गर्दैछ । उक्त खेलका लागि अल नासरले २८ हजार क्षमता भएको घरेलु मैदान एमरसुल पार्कको सबै टिकट विक्री गरिसकेको छ । तर रोनाल्डो खेलमा दर्शकदिर्घामा रहनेछन् ।

रोनाल्डोले अल शबाबविरुद्ध शनिबार हुने डर्बी खेल पनि गुमाउने छन् । तर उक्त खेल पनि पछि सर्ने सम्भावना छ । उनले जनवरी २१ मा एतिफाकविरुद्ध खेल्दै लिग डेब्यु गर्नेछन् । उक्त खेल नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ ।

गत अप्रिलमा गुडिसन पार्कमा हार बेहोरेपछि ड्रेसिङ रुम छिर्दै गर्दा ३७ वर्षीया रोनाल्डोले फोनमा ठक्कर दिएको देखिएको थियो । एफएले उनलाई अनुचित र हिंसात्मक आचरणको लागि दोषी ठहर गर्दै कारवाही गरेको थियो । उनलाई त्यतिबेला (अगस्ट) मै प्रहरीले सतर्क गराएको थियो ।

घटनापछि तुरुन्तै रोनाल्डोले युवा फ्यानसँग माफी मागेका थिए । एफएले रोनाल्डोले अनुचित आचरणको आरोप स्वीकार गरेको तर हिंसात्मक आचरण नभएको बताएको छ । यस्तै एक अन्तर्वार्तामा युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेका रोनाल्डोलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना समेत गरेको छ ।

ओल्ड ट्राफर्डमा उनको दोस्रो स्पेलको अन्त्यमा एक विवादास्पद अन्तर्वार्ता पछि उनले युनाइटेडको आलोचना गर्दै प्रशिक्षक टेन ह्यागको लागि आफ्नो ‘कुनै सम्मान’ नरहेको बताएका थिए । त्यसपछि युनाइटेडले रोनाल्डोसँग सम्झौता तोडेको थियो । रोनाल्डोले त्यसपछि साउदी क्लबलाई रोजेका हुन् । उनलाई यसै साता मात्र क्लबमा भव्य स्वागत गरिएको थियो । तर डेब्युका लागि भने रोनाल्डोले दुई खेल कुर्नुपर्ने भएको छ ।

June 14, 2024

दोस्रो चरणमा २५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट ५ खेलाडी कटौती गर्दै दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका हुन् । प्रशिक्षणबाट सुशीला कुमारी चौधरी, सबिना चौधरी, गंगा गुरुङ, ममता पुन र […]

June 14, 2024

एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले अगस्टमा हुने एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय महिला लिग २०२२ च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि नेपालको प्रतिनिधित्व गर्न लागेको हो । एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफसहित २२ टोलीले खेल्ने एसियन फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका […]

June 14, 2024

युरो कपको उद्घाटनमा जर्मनी र स्कटल्याण्ड भिड्दै, डिस होमले प्रत्यक्ष प्रसारण गर्ने

एजेन्सी – युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ । म्युनिख फुटबल एरिनामा समूह ए अन्तर्गतको सो खेल शनिबार नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ । २४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई […]

Success

Thank you for your time.