default_image

1 year ago

February 26, 2023

आर्मी र सातदोबाटोको दोस्रो हाफ भोलि हुने

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तरगत विभागीय त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीचको सेमिफाइनलको दोस्रो हाफ सोमबार हुने भएको छ ।

उपत्यकामा आइतबार भएको वर्षाका कारण खेल प्रभावित बन्न पुगेपछि सेमिफाइनलको दोस्रो हाफ सोमबार बिहान हुने आयोजकले जनाएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार ५६औं मिनेटको खेल चलिरहँदा मेघगर्जन र चट्याङसँगै वर्षा भएपछि खेल सुचारु हुन नसक्दा दुवै टोलीको सहमतिमा दोस्रो हाफ सोमबार गराउने सहमति भएको छ । खेलमा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

दोस्रो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच खेल हुँदैछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

Success

Thank you for your time.