default_image

1 year ago

April 15, 2023

मनाङमाथि जावलाखेलको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि सानदार जित दर्ता गरेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङमाथि ३–० को सानदार जित दर्ता गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोएवीले दुई तथा फोडे फोफानाले एक गोल गरे । पहिलो हाफको शुरुमै एक गोल गरेको जावलाखेलले थप […]

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि सानदार जित दर्ता गरेको छ ।

च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङमाथि ३–० को सानदार जित दर्ता गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोएवीले दुई तथा फोडे फोफानाले एक गोल गरे । पहिलो हाफको शुरुमै एक गोल गरेको जावलाखेलले थप दुई गोल खेलको इन्ज्युरी समयमा गरेको थियो ।

खेलको चौथो मिनेटमा मासोएवीको गोलबाट जावलाखेलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । सुनिल खड्काको क्रसलाई अनमार्क रहेका एनकोटोले नियन्त्रणमा लिदै सहजै फिनिस गरे ।

प्रतिस्पर्धात्मक बनेको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । समिराज थोकरको क्रसमा अनमार्क रहेका फोफानाले हेडरमार्फत गोल गर्न सफल भए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जावलाखेललाई ३–० को सानदार जित दिलाए ।

फोफानाको पासमा उनले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक तथा कप्तान दीप कार्कीलाई बिट गर्दै गोल गर्न सफल भए । जारी लिगमा उनको यो छैटौं गोल हो ।

जावलाखेलविरुद्ध मनाङले भने कुनै पनि समय उल्लेख्य आक्रमण बुन्न नसक्दा लिगमा लगातार दोस्रो हार बेहोर्न पुग्यो । मनाङ यसअघि सातदोटो युथ क्लबसँग १–० ले पराजित हुँदै लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

यस जितसँगै जावलाखेल ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.