default_image

1 year ago

April 17, 2023

शेर्पाको पोस्टमा फ्रेन्ड्सको ६ गोल

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि सानदार जित हात पारेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रेन्ड्सले शेर्पामाथि ६–० को सानदार जित दर्ता गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । यसअघि फ्रेन्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकालेको थियो […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि सानदार जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रेन्ड्सले शेर्पामाथि ६–० को सानदार जित दर्ता गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । यसअघि फ्रेन्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकालेको थियो ।

फ्रेन्ड्सको जितमा फ्रेन्ड्सको जितमा रफिक अमिनुले दुई तथा एखरोरबेक उक्तामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले समान एक गोल गरे । गोलको वर्षा गरेको खेलमा फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्न सफल भएको थियो ।

गोलको वर्षा भएको खेलको तेस्रो मिनेटमा नै अमिनुको गोलबाट फ्रेन्ड्सले अग्रता लिन सफल भयो । ३२औं मिनेटमा एखरोरबेक उक्तामोभले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे ।

त्यसपछि ३८औं मिनेटमा अमिनुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि फ्रेन्ड्सले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

पहिलो हाफमा तीन गोल गरेको फ्रेन्ड्सले दोस्रो हाफमा उति नै गोल थप्यो । ५८औं मिनेटमा अमित तामाङले गोल गर्दै फ्रेन्ड्सलाई ४–० ले अघि बढाए ।

७०औं मिनेटमा रफिकको स्थानमा मैदान छिरेका उत्तम राईले मैदान छिरेको दोस्रो मिनेटमै गोल गरेपछि फ्रेन्ड्स फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ६–० को फराकिलो जित दिलाए ।

यस सानदार जितसँगै फ्रेन्ड्सले नवौं चरणमा समाप्तिमा रेलिगेसन जोन छाडेको छ । फ्रेन्ड्स ९ खेलबाट ८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले २ जित निकाल्दा २ बराबरी र ५ हारको नतिजा निकालेको छ । पराजित शेर्पा ९ खेलबाट ९ अंक नै जोडेर ११औं स्थानमा छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.