default_image

5 months ago

December 14, 2023

बार्सिलोना एन्टवर्पसँग पराजित

568 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको बार्सिलोना गएराति बेल्जियन टोली रोयल एन्टवर्पसँग पराजित भएको छ ।

एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-२ ले हारेको छ । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । आर्थर भरमिरिनले गोल गर्दै खेलमा एन्टवर्प लाई अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल गर्यो । लामिन यमालको पासमा फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

५३औं मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले रातो कार्ड पाएका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले सो रातो कार्डको निर्णयलाई बदलेर कुनै कार्ड दिएनन् ।

५६औं मिनेटमा एन्टवर्पले पुनः खेलमा अग्रता लियो । अलहसन युसुफको पासमा भिन्सेन्ट यान्सनले गरेपछि टोलीले खेलमा दोस्रो पटक अग्रता लिएका थिए ।

तर इन्ज्युरी समयको पहिलो मिनेटमा इलकाए गुन्डोगानको क्रसमा हेडर गोल गर्दै युवा खेलाडी मार्क गुयुले बार्सिलोनाका लागि बराबरी गरे । तर खेल मात्र एक मिनेटका लागि मात्र बराबरीमा रह्यो । अर्को मिनेटमा जर्ज इलेनीखेनाले एन्टवर्पका लागि गोल गर्दै जित दिलाए ।

हारका बावजूद बार्सिलोना समूहको शीर्ष स्थानमा रह्यो । बार्सिलोनाको ६ खेलमा १२ अंक छ । दोस्रो स्थानमा रहेको पोर्टोको पनि १२ अंक नै रहेको छ ।

यस्तै शाख्तर दोनेत्स्क ९ अंक बटुल्दै तेस्रो स्थानमा रहेर यूरोपा लिगमा छनोट भयो । एन्टवर्पको ३ अंक मात्र जोड्न सक्यो ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै पिएसजी  अन्तिम १६ मा प्रवेश गरेको हो । समूह एफको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो ।

पिएसजीका लागि जाएरे एमिरीले ५६औं मिनेटमा बराबरी गोल फर्काएका थिए। एडेमिको गोलमा ५१ औं मिनेटमा डर्टमन्डले अग्रता लिएको थियो।

डर्टमन्ड ११ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने ८ अंक जोडेको पिएसजी उपविजेताका रुपमा अघि बढ्यो‌। समान ८ अंकको मिलान र ५ अंक बटुलेको न्युक्यासल च्याम्पियन्स लिबाट बाहिरए ।

समूह ‘ई’ मा शीर्षमा रहेको एटलेटिको म्याड्रिडले लाजियोलाई २–० ले हरायो । एट्लेटिको र लाजियो दुबै टोली नकआउट चरणमा चरण पुगिसकेका छन् । समूहको अर्को खेलमा सेल्टिकले फायनउडलाई २–१ ले हरायो । यि दुबै टोली पहिले नै प्रतियोगिताबाट बाहिरिसकेका थिए।

म्यानचेस्टर सिटीले समूह ‘जी’ मा शतप्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा रेड स्टार बेलग्रेडलाई ३–२ हरायो । समूहको‌ अर्को खेलमा आरबी लाइपजिगले योङ ब्वाइजलाई २–१ ले हरायो । यसअघि नै नकआउट चरण पुगेको सिटी समूह विजेता र लाइपजिग उपविजेता रह्यो ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.