default_image

7 months ago

January 7, 2024

चेल्सीको सानदार जित

478 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले एफए कपको तेस्रो राउन्डमा सानदार जित दर्ता गरेको छ । चेल्सीले च्याम्पियनसिप क्लब प्रिस्टनमाथि ४–० को सानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको हो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सीको फराकिलो जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेसले गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो ।

५८औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले मालो गुस्टोको पासमा गोल गर्न सफल भए । ६६औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा मैदान छिरेका सिल्भाले कोल पाल्मेरको पासमा गोल गर्न सफल भएका थिए ।

६९औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि चेल्सीले खेलमा ३–० को आरामदायी पकड बनायो । उनले झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए । ८५औं मिनेटमा रहिम स्टर्लिङको पासमा एन्जोले गोल गर्दै चेल्सीको फराकिलो जित सुनिश्चित गरे ।

एफए कपकै अन्य खेलमा ब्ल्याकबर्न, सेफिल्ड युनाइटेड, प्लेमाउथ, बर्नमाउथ, साउथह्याम्टन, ब्राइटन, वाटफोर्ड, एस्टन भिल्ला, सेफ वेनस्डे र स्वान्सी सिटीले सफलता हात पार्दै चौथो चरणमा पुगेका छन्।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.