default_image

6 months ago

February 6, 2024

एसियन कप सेमिफाइनल – जोर्डन र दक्षिण कोरिया भिड्दै

1246 views

0 Bookmark

एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको पहिलो सेमिफाइनलमा आज जोर्डन र दक्षिण कोरिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे अहमद विन अलि स्टेडियममा सुरु हुने छ ।

जोर्डन र दक्षिण कोरिया समूह चरणमा एउटै समूहमा रहेका थिए । समूह चरणमा यी दुई टोली बीचको खेल २-२ को बराबरीमा सकिएको थियो । दक्षिण कोरिया दोस्रो हुँदै र जोर्डन तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका थिए । जोर्डनले अन्तिम १६ मा ईराक विरुद्ध ३-१ को जित निकालेको थियो भने क्वाटरफाइनलमा ताजिकिस्तान माथि १-० को जित दर्ता गरेको थियो ।

यस्तै दक्षिण कोरिया नाटकीय रूपमा दुई नकआउट खेलमा विजयी भएको थियो । कोरियाले दुबै खेलमा इन्ज्युरी समयमा गोल गर्दै अतिरिक्त समयमा खेल धकेलेको थियो । अन्तिम १६ मा साउदी अरेबिया माथि टाईब्रेकरमा जित निकालेको कोरियाले क्वाटरफाइनलमा अष्ट्रेलिया माथि अतिरिक्त समयमा गोल गर्दै जित दर्ता गरेको थियो ।

जोर्डन इतिहासमा पहिलो पटक एसियन कपको सेमिफाइनल खेल्दै छ । एसियामा बलियो टोलीका रूपमा रहेपनि दक्षिण कोरिया ६४ वर्ष पछि उपाधि उठाउने दाउमा छ ।

आजको विजेताले भोलि हुने कतार र इरान बीचको विजेता सँग उपाधिका लागि खेल्ने छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.