default_image

2 months ago

February 19, 2024

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २–१ ले हराएको छ । युनाइटेडलाई जित दिलाउन दुबै गोल रास्मस होजलन्डले गरेका थिए। लिगमा लगातार चौथौ जित निकालेको युनाइटेडको शीर्ष चार भित्र पर्ने सम्भावनालाई जीवित राखेको‌ छ । होजलन्डले खेल सुरु भएको ४० सेकेन्डमा नै गोल गरेका थिए। विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका […]

532 views

0 Bookmark

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २–१ ले हराएको छ । युनाइटेडलाई जित दिलाउन दुबै गोल रास्मस होजलन्डले गरेका थिए।

लिगमा लगातार चौथौ जित निकालेको युनाइटेडको शीर्ष चार भित्र पर्ने सम्भावनालाई जीवित राखेको‌ छ ।

होजलन्डले खेल सुरु भएको ४० सेकेन्डमा नै गोल गरेका थिए। विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका हुन्। होजलन्डले सातौं मिनेटमा अर्को गोल गरेका थिए । लुटनका चार्ल्टन मोरिसले १४ औं मिनेटमा गोल फर्काएका थिए ।

२५ खेलमा युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा छ । शीर्षको लिभरपुल भन्दा युनाइटेड १३ अंकले पछाडि छ । लुटन २० अंक जोड्दै १७ औं स्थानमा छ।

आइतबार अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडलाई ५–० ले हरायो । जितपछि ब्राइटन ३८ अंकमा सातौं स्थानमा उक्लेको छ । अंक तालिकाको‌ पुछार रहेको सेफिल्डको १३ अंक छ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.