default_image

12 months ago

February 28, 2024

सिटीको‌ जितमा हालान्डको ५ गोल

1043 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्डले ५ गोल गरेपछि एफए कपमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ। सिटी एफए कपको‌ क्वाटरफाइनलमा पुगेको छ ।

दोस्रो पटक एकै खेलमा ५ गोल गरेका हालान्डको सिटीका लागि त्यो आठौं ह्याट्रिक हो। पहिलो हाफमा‌नै हालान्डले ह्याट्रिक गरेपछि सिटी पहिलो हाफमा ३-१ ले अघि बढेको थियो।

तेस्रो मिनेटमा पहिलो गोल गरेका हालान्डले १८ औं मिनेटमा दोस्रो र ४० औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेका‌ थिए। लुटनका लागि क्लार्कले ४५ औं र ५२ औं मिनेटमा गोल गरेका खेल प्रतिस्पर्धात्मक बनेको थियो।

तर हालान्डले ५५ औं र ५८ औं मिनेटमा गोल गरेपछि‌ सिटी पुनः बलियो अवस्थामा पुगेको थियो। सिटीका मेटाउले गोल गर्दै गोलअन्तर बढाएका थिए। हालान्डका पहिलो ४ गोलमा केभिन डि ब्रुएनेले असिस्ट गरेका‌ थिए।

February 16, 2025

उपाधिमा सबैको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।‌ नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]

February 16, 2025

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]

February 16, 2025

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]

Success

Thank you for your time.