default_image

2 months ago

May 24, 2024

आरसी ३२ सि डिभिजनको शीर्ष स्थानमा

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा मनोहरा युनाइटेड युथ क्लब माथि २-१ को जित दर्ता गर्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो ।

आरसी ३२ को जितमा आशिष लावतीले २०औं मिनेटमा र किस्मत लिम्बूले ६७औं मिनेटमा एक-एक गोल गरे । मनोहराका लागि उत्तम शाहीले इन्ज्युरी समयमा एक गोल फर्काएका थिए ।

जित पछि आरसी ३२ को १० खेलमा २२ अंक पुगेको छ । दोस्रो स्थानको बागमती युथ क्लबको ९ खेलमा २० अंक छ भने तेस्रो स्थानको पुल्चोक स्पोर्ट्स क्लबको समान ९ खेलमा १९ अंक छ ।

सि डिभिजनमा आईतवार दुई खेल रहेका छन् । दिनको पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीवन स्पोर्ट्स क्लब भिड्दा दिनको दोस्रो खेलमा गोलबजार स्पोर्ट्स क्लब र पुल्चोक स्पोर्ट्स क्लब भिड्ने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.