default_image

11 months ago

January 22, 2025

बार्सिलोनाको रोमान्चक जित

969 views

0 Bookmark

एजेन्सी – दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका‌ साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ ।

राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन।

बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक गार्सियाले १ गोल गरे । पाभ्लिडिसले ३० मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो मिनेटमा पहिलो गोल गरे ।

बार्सिलोनाका लेवान्डोस्कीले १३ औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे। २२ औं मिनेटमा दोस्रो र ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाभ्लिडिसले ह्याट्रिक पूरा गरेपछि बेन्फिकाले पहिलो हाफमा नै ३-१ को अग्रता बनायो।

६४ औं मिनेटमा राफिन्हाले गोल गरे । ६८ औं मिनेटमा बार्सिलोनाको आत्मघाती गोलमा बेन्फिकाले अग्रता बढायो । ७८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीलाई अर्को गोल गरे।

गार्सियाले ८४ औं मिनेटमा बराबरी गोल गर्दैै बार्सिलोनालाई‌ खेलमा फर्काए। इन्ज्युरी समयमा राफिन्हाको गोलमा बार्सिलोनाले सनसनीपूर्ण जित हासिल गर्यो । यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.