default_image

10 months ago

January 30, 2025

सिटी च्याम्पियन्स लिगको प्ले अफमा

1563 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ।

बेल्जियमको क्लबबर्गलाई बुधवार ३-१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गर्यो।

च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोलीले सिंधै नकआउट‌चरणमा पुग्नेछन् ।

बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौं देखि २४ स्थानमा रहेका टोलीबिच ‘प्लेअफ’ हुनेछ। त्यसको विजेता अन्तिम १६ मा‌ प्रवेश गर्नेछ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो। प्ले अफको सम्भावनालाई‌ जीवित राख्न सिटीलाई जित आवश्यक थियो।

सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो। दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो।
पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए ।

६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो। साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।

८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो। समान ११ अंक जोडेको क्लब बर्ग २४ औं स्थानमा रहेर प्ले अफमा पुगेको छ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.