3 months ago
September 19, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ।
सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गरे ।
योसँगै च्याम्पियन्स लिगमा हालान्डको ५० गोल पूरा भएको छ। उनले ४९ खेलमा यो सफलता प्राप्त गरेका हुन्।
दोस्रो गोल ६५औँ मिनेटमा जेरमी डोकुले गरे। बक्स नजिकै बल पाएका डोकुले तीन नापोली खेलाडीलाई छक्याउँदै गोल गरे।
बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २- १ ले हरायो। बार्सिलोनाका लागि मार्कस राशफोर्डले ५८औँ र ६७औँ मिनेटमा गोल गरे भने न्यूक्यासलका एन्टोनी गोर्डनले ९०औँ मिनेटमा एक गोल फर्काए।
पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा काइराट आल्माटीलाई ४- १ ले पराजित गर्यो। जर्मन क्लब आइन्त्राख्ट फ्रान्कफर्टले गलातासारेमाथि ५-१ को फराकिलो जित निकाल्यो।
डेन्मार्कमा एफसी कोपेनहेगन र बायर लेभरकुसेनबीचको खेल २-२ को बराबरीमा टुंगियो।
बेल्जियमको क्लब ब्रुगले मोनाकोलाई ४-१ ले हराउँदै प्रतियोगितामा बलियो सुरुवात गर्यो।
च्याम्पियन्स लिग बिहीवार को नतिजा
म्यानचेस्टर सिटी २-० नापोली
न्युक्यासल युनाइटेड १-२ बार्सिलोना
स्पोर्टिङ सिपी ४-१ काइराट आल्माटी
आइन्त्राख्ट फ्रान्कफर्ट ५-१ गलातासारे
एफसी कोपेनहेगन २-२ बायर लेभरकुसेन
क्लब ब्रुग ४-१ मोनाको
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]