default_image

3 months ago

September 19, 2025

पहिलो महिला साफ क्लब च्याम्पियनसिप नेपालमा हुने

1005 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ।

पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ। प्रतियोगिता डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने साफले जनाएको छ। प्रतियोगितामा दक्षिण एसियाका ५ देशका शीर्ष क्लबहरूबीच प्रतिस्पर्धा हुने भनिएको छ।

आयोजक नेपालको प्रतिनिधित्व एपिएफ फुटबल क्लब (एपिएफ) ले गर्नेछ। यस्तै बङ्गलादेशको नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इष्ट बेङ्गल एफसीले भाग लिने भनिएको छ।‌

साफले महिला साफ च्याम्पियनसिप आयोजना गर्दै आएपनि क्लब च्याम्पियनसिप गर्न लागेको यो पहिलो पटक हो।‌ १५ दिन सम्म चल्ने प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा हुनेछ। यसपछि शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने नियम रहेको छ।

प्रतियोगिताको विजेतालाई नगद पुरस्कारको व्यवस्था पनि गरिएको साफले जनाएको छ। तर के कति रकम दिने निर्णय हुन बाँकी छ। सबै खेल काठमाडौंको दशरथ रङ्गशालामा हुनेछ।‌

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.