default_image

3 months ago

September 20, 2025

मर्सीसाइड डर्बीमा लिभरपुल विजयी

384 views

0 Bookmark

एजेन्सी – साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जितको यात्रा कायम राख्ने क्रममा छिमेकी प्रतिद्वन्द्वी एभर्टनलाई हराएको छ ।

लिभरपुलले घरेलु मैदान एन्फिल्डमा भएको मर्सीसाइड डर्बी २-१ ले जितेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र ह्युगो एकिटिकेले गोल गरे ।

खेलको दशौं मिनेटमा लिभरपुलले ग्रभनबर्कको गोलमा अग्रता लियो । उनले मोहमद सलाहको पासलाई पहिलो टचमै गोलको दिशा दिएका थिए । २९ औं मिनेटमा एकिटिकेले लिभरपुलको अग्रता दोब्बर पारे । ग्राभनबर्कको पासलाई फ्रान्सेली फरवार्डले गोलरक्षक जोर्डन पिकफर्डको दुई खुट्टाको बीचबाट गोल गरे ।

दोस्रो हाफको सुरुवाती समयमा एभर्टनले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । ५८ औं मिनेटमा इड्रिसा गेयेले इलिमान एन्जाएको लेअफमा शक्तिशाली प्रहार गर्दै गोल फर्काएका थिए ।

यस नतिजासँगै प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ५ खेलमा १५ अंक पुगेको छ । एभर्टनको ५ खेलमा ७ अंक छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.