3 months ago
September 21, 2025
एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकालेको छ ।
ओल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सी १० खेलाडीमा सिमित भयो। गोलरक्षक रॉबर्ट सांचेजलाई रेड कार्ड पाएका थिए।
३०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो गोल उनको युनाइटेडका लागि एस सयौँ गोल हो।
६०औँ मिनेटमा केसेमीरो ले हेडमार्फत दोस्रो गोल थप्दै अन्तर २-० बनाए। तर केही बेरमै उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुपर्यो। त्यसपछि दुबै टोली १० खेलाडीमा सीमित भए।
८०औँ मिनेटमा ट्रेवोह चालोबह ले हेडरमार्फत गोल फर्काए। त्यसपछि अन्तिम क्षणसम्म चेल्सीले बराबरी खोजे पनि युनाइटेडले खेललाई नियन्त्रणमा राख्दै जित निश्चित गर्यो। युनाइटेड ७ अंकसहित दसौं स्थानमा उक्लिएको छ। ८ अंक जोडेको चेल्सी छैंटौं स्थानमा छ।
फुलहमको पुनरागमन जित
फुलहमले ब्रेन्टफोर्डमाथि ३–१ को जित दर्ता गरेको छ।
खेलको २०औँ मिनेटमा मिकेल डाम्सगार्डले ब्रेन्टफोर्डका लागि अग्रता दिलाए।

तर ३८औँ मिनेटमा एलेक्स आइओबी ले बराबरी गोल गर्दै फुलहमलाई खेलमा फर्काए।
४० मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि फुलहमले पहिलो हाफमा २-१ को अग्रता लियो । ५० औं मिनेटमा ब्रेन्टफोर्डका इथन पिन्नक ले आत्मगोल गरेपछि फुलहम ३–१ ले विजयी भयो।
८ अंकसहित फुलहम आठौं स्थानमा छ। १७ औं स्थानमा रहेको ब्रेन्टफोर्डको ४ अंक छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]