default_image

3 months ago

September 21, 2025

केनको ह्याट्रिकमा बायर्नको शानदार जित

247 views

0 Bookmark

एजेन्सी– हेरी केनले सिजनको दोस्रो ह्याट्रिक पूरा गरेपछि बुन्डेसलिगामा बायर्न म्युनिखले हाँफेनहाइमलाई ४–१ ले हराएको छ।

शनिवारको जितससँगै बायर्नले शतप्रतिशत सुरुवात कायम राखेको छ। ३२ वर्षीय इंग्ल्याण्ड कप्तान केनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खाता खोले।

उनले ५२औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे । ७१औँ मिनेटमा अर्को पेनाल्टी गोलमा ह्याट्रिक पूरा गरे। यो उनको बुन्डेसलिगामा नवौं ह्याट्रिक हो । यो सिजन बायर्नका लागि ७ खेलमै केनको १३औँ गोल हो।

हाँफेनहाइमका भ्लादिमिर कौफलले ८२ औङ फ्रि–किकमार्फत एक गोल फर्काए। इन्ज्युरी समयको नवौं मिनेटमा सर्ज ग्नाब्रीले चौथो गोल गर्दै बायर्नको जित सुनिश्चित गरे।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.