3 months ago
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका टोलीलाई लिग र यु १६ लिगका बारेमा छलफल गर्न यस महिनाको अन्तिममा बैठक डाकेको छ।
जेनजी आन्दोलनका कारण यु १६ लिग र ए डिभिजन लिगको छलफल स्थगित भएको थियो। एन्फाले यु १६ लिग पुनः सुरु गर्ने विषयमा छलफल गर्न भदौ ३० र ए डिभिजन लिगको बारेमा छलफल गर्न डाकेको बैठक स्थगित गरेको थियो। जेनजी आन्दोलन अघि सम्म यु १६ सन्चालन भइरहेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आइतवार पत्र काट्दै असोज २६ गतेका लागि बैठक बोलाएका छन्।
यसपटकको ए डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा सन्चालन गर्ने गरि एन्फाले क्लबहरुसँग छलफल अघि बढाएको थियो। एन्फाले पुसमा ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]