2 months ago
September 24, 2025
एजेन्सी – साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ।
खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए।
दोस्रो हाफमा मैदान प्रवेश गरेका हुगो एकिटिकेले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए र त्यही गोल निर्णायक ।
तर गोल खुसियाली मनाउने क्रममा जर्सी खोलेपछि दोस्रो पहेँलो कार्ड पाएर रातो कार्ड खाँदै उनी मैदान छाड्न बाध्य भए। त्यसपछि लिभरपुलले अन्तिम समयमा १० खेलाडीमै सिमित भएर खेलेर अग्रता जोगायो ।
यो जितसँगै १० पटकको लिग कप विजेता लिभरपुलले फेरि उपाधि यात्रा निरन्तरता दिएको छ। तर नयाँ डिफेन्डर जियोभानी लिओनी घुँडाको चोटले स्ट्रेचरमा मैदान छाड्नुपरेपछि टोलीको चिन्ता थपिएको छ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]