default_image

2 months ago

September 24, 2025

रियलको लगातार छैटौँ जित

395 views

0 Bookmark

एजेन्सी – किलियन एमबाप्पेले पेनाल्टीले २ गोल गरेपछि रियल म्याड्रिडले लेभान्टेलाई ४-१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थान मजबुत बनाएको छ।

२-१ ले रियल अघि रहेको बेला एमबाप्पेले ६४औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे । एमबाप्पेले २ मिनेटमै अर्को पेनाल्टी गोल गरे । जारी सिजनमा उनको व्यक्तिगत गोल संख्या ७ पुगेको छ।

त्यसअघि २८ औं भिनिसियस जुनियरले सुन्दर प्रहारमार्फत अग्रता दिलाए। ३८ औं मिनेटमा जुनियरले दिएको पासमा अर्जेन्टिनी युवा खेलाडी फ्रान्को मास्टान्तुओनोले पहिलोपटक रियलका लागि गोल गरे।

लेभान्टेको तर्फबाट एट्टा एयुङले ५४ औं मिनेटमा एक गोल फर्काए । तर एमबाप्पेको दोहोरो पेनाल्टी गएपछि लेभान्तेको खेलमा फर्कने आशा सकियो।

प्रशिक्षक जाबी अलोन्सो रियलको इतिहासमा सुरुवातमा लगातार छैटौँ जित निकाल्ने दोस्रो प्रशिक्षक बनेका छन्।

अब शनिवार एट्लेटिकोविरुद्धको म्याड्रिड डर्बी जिते उनी २००५ मा वान्डरलेई लक्जेम्बुर्गोको ७ जितको कीर्तिमानसँग बराबरी गर्नेछन्।

मंगलवारका अन्य खेलमा भिल्लारियलले सेभिल्लालाई २-१ ले हरायो। इस्पानुयल र भ्यालेन्सियाले २-२ तथा एट्लेटिक क्लब र जिरोनाले १-१ को बराबरी खेले।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.