default_image

2 months ago

September 24, 2025

चेल्सीको कठिन जित

255 views

0 Bookmark

एजेन्सी – तेस्रो डिभिजन क्लब लिङ्कन सिटीविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै चेल्सीलाई लिग कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ

पहिलो हाफमा चेल्सी गल्तीले पछि परेको थियो। ४२औँ लिङ्कनका इभान वार्फोलोमेएभले दिएको पासमा रोब स्ट्रिट गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए।
तर दोस्रो हाफ सुरु हुनासाथ चेल्सी खेलमा फर्कियो।

४८औँ मिनेटमा १९ वर्षे टाइरिक जर्जको शक्तिशाली प्रहार पोस्टमा लागेर गोल भयो। दुई मिनेटपछि जर्जको पासमा फाकुन्डो बुओनानोतेले निर्णायक गोल गरे।

अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै चौथो चरणमा पुगेको छ।

खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए।

दोस्रो हाफमा मैदान प्रवेश गरेका हुगो एकिटिकेले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए र त्यही गोल निर्णायक ।‌

तर गोल खुसियाली मनाउने क्रममा जर्सी खोलेपछि दोस्रो पहेँलो कार्ड पाएर रातो कार्ड खाँदै उनी मैदान छाड्न बाध्य भए।  त्यसपछि लिभरपुलले अन्तिम समयमा १० खेलाडीमै सिमित भएर खेलेर अग्रता जोगायो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.