2 months ago
September 25, 2025
एजेन्सी – म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ।
फिल फोडेनले एक गोल गर्दै अर्को गोलमस पास मिलाएर सिटीले लिग वान क्लब हडर्सफिल्ड टाउनलाई २-० ले हरायो ।
पेप गोर्डिओलाको टोलीले १८ दिनभित्र ३ फरक प्रतियोगितामा ६ खेल खेल्नुपर्ने दबाब छ।
१८औं मिनेटमा १७ वर्षीय डेब्युटेन्ट डिभाइन मुकासासँगको वान-टु वानमा फोडेनले पहिलो गोल गरे।
फोडेनले दोस्रो गोल गर्ने मौका पनि पाए, तर २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक बार माथि गयो।
सिटीले ७४औं मिनेटमा गोल थप्यो। फोडेनले दिएको पासमा साभिन्होले गोल गरे। सिटीले चौथो चरणमा च्याम्पियनसिप क्लब स्वान्सीसँग खेल्नेछ।
त्यस्तै, आर्सनलले पोर्ट भेलमाथि २- ० ले र टोटनहम हस्परले डनकास्टर रोभर्सलाई ३-० ले हरायो।
न्यूक्यासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई ४–१ ले पराजित गर्यो।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]