2 months ago
September 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण सम्हालिसकेका नवीन न्यौपाने राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। न्यौपानेलाई आज एन्फा कम्प्लेक्समा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे।

एन्फाको युवा परियोजनाका प्रमुख रहेका न्यौपाने गत महिना यु २३ पुरुष टोलीको मुख्य प्रशिक्षक थिए।
भगवती थापा र राजकुमार केसीलाई टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
महिला राष्ट्रिय टोलीमा बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहने भएका छन्।

यसअघि विदेशी प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको नेतृत्व गरेका थिए।
सो छनोट निकै विवादस्पद बनेपछि प्रशिक्षक प्याट्रिकले राजीनामा दिएका थिए। यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको एन्फाले नयाँ प्रशिक्षकलाई जिम्मेवारी दिएको हो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]