default_image

2 months ago

September 26, 2025

बार्सिलोनाको जित

370 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले ला लिगामा पाँचौं जित दर्ता गरेको छ। रियल ओभिएदोविरुद्ध बिहीवार ३-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रालाई कायम राखेको छ।

४० वर्षका स्पेनिस मिडफिल्डर सान्ती काजोरलाले ओभिएदोका लागि पहिलोपटक ला लिगा सुरुवाती खेल खेले। उनले सन् २००३ मा आर्थिक कारण क्लब छोड्नुपरेको थियो । २०२३ मा फर्किएर गत सिजन टोलीलाई शीर्ष डिभिजनमा ल्याउन सहयोग गरेका थिए।

खेलमा ३३ औँ मिनेटमा अल्बर्टो रेनाले बार्सिलोनाका गोलकिपर जोआन गार्सियाको गल्तीको फाइदा उठाउँदै ओभिएदोका लागि अग्रता दिलाए। तर दोस्रो हाफमा बार्सिलोना फर्कियो।

५६ औँ मिनेटमा एरिक गार्सियाले बराबरी गोल गरे। त्यसपछि ७० औँ मिनेटमा फ्रेन्की डे जोङको क्रसलाई रोबर्ट लेवान्डोव्स्कीले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। अन्तिम ८८ औँ मिनेटमा मार्कस रासफोर्डको कार्नरबाट रोनाल्ड अराउजोले हेड गोल गर्दै जित निश्चित गरे।

यो जितसँगै बार्सिलोना १६ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको रियल म्याड्रिड २ अंक मात्र छ। ओभिएदोको ६ खेलबाट ३ अंक छ। अर्को खेलमा ओसासुना‌ र इल्चले १-१ को बराबरी खेले‌।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.