2 months ago
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतसँग अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा ३५ खेलाडीलाई डाकिएको छ।
नेपाल र भारतबीच कात्तिक ९ गते (अक्टोबर २६) मा सिक्किममा मैत्रीपूर्ण खेल हुँदैछ। गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्त गरेको भोलिपल्ट नविन न्यौपानेले प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेका हुन्।
साफ च्याम्पियनसिपमा भुटानसँगको खेलमा घाइते भएका हिरा भुजेल र दीपा शाहीलाई ३५ जनामा समेटिएको छ। यस्तै यु-१९ का खेलाडी पनि प्रारम्भिक चरणमा परेका छन्। हालै काँधको शल्यक्रिया गरेकी गीता राना टोलीमा छैनन्।
राष्ट्रिय टोलीको प्रारम्भिक चरण
गोलकिपर – एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लिला जोशी
डिफेन्डर – निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विके, पूजा राना, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी
मिडफिल्डर – विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनीता केसी, हिम राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, शुक्रिया मियाँ
फरवार्ड – रश्मिकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पुर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी (साम्बा)
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]