default_image

2 months ago

September 26, 2025

स्पेन र बार्सिलोना पूर्व कप्तान बुस्केट्सको सन्न्यास घोषणा

577 views

0 Bookmark

एजेन्सी – स्पेन र बार्सिलोनाका पूर्व कप्तान सर्जियो बुस्केट्सले मेजर लिग सकर (एमएलएस) सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्।

३८ वर्षीय बुस्केट्स अहिले एमएलएस टोली इन्टर मियामीबाट खेलिरहेका छन्। उनले बार्सिलोनामा १८ वर्ष खेल्दा ३२ ठूला उपाधि जितेका थिए। जसमा ९ वटा ला लिगा र ३ वटा च्याम्पियन्स उपाधि थिए ।

स्पेनका लागि उनले १ सय ४३ खेल खेले । स्पेनले सन् २०१० को विश्वकप तथा २०१२ को युरोपियन च्याम्पियनसिप जित्दा उनी टोलीका सदस्य थिए ।

बुस्केट्स २०२३ मा मियामी पुगेका थिए । त्यहाँ उनले बार्सिलोनाका सहकर्मी लियोनेल मेस्सी, जोर्डी अल्बा र लुइस सुवारेजसँग पुनः खेल्ने अवसर पाए।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,’ मलाई लाग्छ अब व्यवसायिक फुटबललाई बिदा लिने समय आएको छ। करिब २० वर्षसम्म मैले सपनाजस्तै यो यात्रा रमाएर बिताएँ। म खुसी छु, गर्वित छु र सबैभन्दा महत्त्वपूर्ण आभारी छु। सबैलाई धन्यवाद।’

बुस्केट्सले बार्सिलोनामा २००५ मा युवा खेलाडीका रूपमा करिअर सुरु गरेका थिए। २००८ मा प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा उनले रेसिङ सान्टान्डेरविरुद्ध पहिलोपटक सिनियर टोलीबाट खेल खेले।

बार्सिलोनाका लागि उनले ७ सय २२ खेल खेले । उनी क्लब इतिहासमा सबैभन्दा धेरै खेल्ने खेलाडीको सूचीमा तेस्रोमा पर्छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा उनले २००९ मा डेब्यु गरेका थिए। २०२२ डिसेम्बरमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

मियामीले हालै न्यूयोर्क सिटी एफसीलाई ४-० ले हराउँदै एमएलएस प्ले-अफमा पुगेको छ। १८ टोली सहभागी हुने प्ले-अफ २२ अक्टोबरदेखि सुरु भई ६ डिसेम्बरमा एमएलएस कपसहित सकिनेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.