default_image

2 months ago

September 27, 2025

बायर्नको जितमा केनको कीर्तिमान

359 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा विजय यात्रालाई जारी राखेको छ।

हेरी केनले २ गोल गरेको शुक्रवारको खेलमा बायर्नले वेर्डर ब्रेमेनमाथि ४-० को जित निकाल्यो । केन युरोपका शीर्ष ५ लिगमध्ये कुनै क्लबका लागि सबै भन्दा छिटो १ सय गोल पूरा गर्ने खेलाडी बने।

इङ्ल्यान्ड कप्तान केनले पहिलो हाफको अन्त्यमा पेनाल्टीमा गोल गरे । ६५ औँ मिनेटमा नजिकैबाट गोल गर्दै १ सय ४ खेलमा एक सयौं गोल पुर्याए ।

यसअघि १ सय ५ खेलमा यो कीर्तिमान बनाउने क्रिष्टियानो रोनाल्डो (रियल माड्रिड – २०११) र गतवर्ष म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले बराबरी गरेका थिए।

जोनाथन टाहले २२ औं मिनेटमा बायर्नका लागि पहिलो गोल गरे। पछि ८७ औं मिनेटमा कोनराड लाइमरले टोलीका लागि चौथो गोल गरे।

गत हप्ताको होफेनहाइमविरुद्धको ४-१ को जितमा पनि केनले ह्याट्रिक गर्दै दुई कीर्तिमान तोडेका थिए। उनले ६७ खेलमै ७० बुन्डेसलिगा गोल पुर्‍याए। जुन लिगको इतिहासमै सबैभन्दा छिटो हो।

३२ वर्षीय केनले यसअघि ५० खेलमै ५४ गोल गर्दै बुन्डेसलिगामा सबै भन्दा छिटो ५० गोल पुर्‍याउने खेलाडीको कीर्तिमान बनाएका थिए।

शुक्रवार उनले लगातार १८ पेनाल्टी गोल गर्ने बुन्डेसलिगाको पहिलो खेलाडी बन्ने अर्को कीर्तिमान पनि बनाए।

केन बुन्डेसलिगामा पहिलो दुई सिजनमै उच्च गोलकर्ता बन्ने पहिलो खेलाडी हुन्। साथै पहिलो दुई सिजनमा नै २५ वा बढी गोल गर्ने एकमात्र खेलाडी समेत हुन्।
यो सिजन उनले ८ खेलमा १५ गोल गरिसकेका छन्।

जसमा ५ बुन्डेसलिगा खेलमा २ ह्याट्रिक समेत छ। भिन्सेन्ट कोम्पानीको टिम बायर्न शतप्रतिशत नतिजासहित लिग तालिकाको शीर्षमा छ।

केन च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने इंग्ल्याण्ड खेलाडी हुन् (४२ गोल)। उनले बुन्डेसलिगामा खेलेका सबै २० प्रतिद्वन्द्वीविरुद्ध गोल गरेका छन्।
यो कीर्तिमान यसअघि मिरोस्लाभ क्लोजको मात्र छ। जसले आफूले खेलेका सबै २८ टोलीविरुद्ध गोल गरेका थिए।

केन सन् २०२३ मा टोटेनहम हस्परबाट १ सय मिलियन पाउण्डमा बायर्नमा आबद्ध भएका थिए। उनले टोटेनहमका लागि ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका थिए।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.