2 months ago
September 27, 2025
एजेन्सी – लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा सिजनको पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो।
इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए। यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो।
खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो। फेड्रिको चिइसाले गोल गरे। खेल १-१ गोलको बराबरीमा पुग्यो। खेल बराबरीमा सकिने संकेत देखियो।
तर इन्ज्युरी समयको सातौं मिनेटमा इड्डी एनकेडियाले गोल गरे। यो सँगै क्रिस्टल प्यालेसले लिभरपुल विरूद्ध २-१ को जित हात पार्यो।
लिभरपुलको यो पहिलो हार हो। ६ खेलबाट ५ जित र १ हारको नतिजामा लिभरपुल लिगको शीर्षस्थानमा नै रहेको छ।
६ खेल खेलेको क्रिस्टल प्यालेसको यो तेस्रो जित हो। उसले ३ खेल बराबरीमा सकाएको छ। १२ अंक सहित क्रिस्टल प्यालेस लिगको दोस्रो स्थानमा छ। आजै ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित भएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]