2 months ago
September 27, 2025
एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-१ को फराकिलो अन्तरमा हराएको छ।
सिटीको जितमा एर्लिङ हालन्डले २ होल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए। खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे।
सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो। तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रहयो। जेडन एनथोनीले गोल गरे। पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो।
दोस्रो हाफ सिटीको लागि सुखद रहयो। म्याथ्युज न्युन्सको गोलमा सिटीले २-१ को अग्रता बनायो। ६५ औं मिनेटमा म्याक्सिम फेरि आत्मघाती गोल गर्न पुगे। खेलमा सिटीले ३-१ को स्पष्ट अग्रता बनायो।
सिटी यतिमा मात्र रोकिएन्। हालान्डले ९० औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा दुई गोल गरे। यो सँगै सिटी ५-१ को फराकिलो अन्तरको जित दर्ज गर्न सफल रहयो।
गत अगस्टमा लगातारको हारमा आलोचित बनेको सिटी अहिले लयमा फर्किएको छ। ६ खेलमा ३ जित, १ हार र २ बराबरी नतिजमा सिटी १० अंक सहित लिगको चौथो स्थानमा रहेको छ।
पराजित बर्नलीको यो चौथो हार हो। मात्र ४ अंक सहित लिगको १७ औं स्थानमा रहेको छ।
त्यसअघि लिडर लिभरपुलले इपिएलको जारी सिजनमा पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो।
इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए। यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो।
खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो। फेड्रिको चिइसाले गोल गरे। खेल १-१ गोलको बराबरीमा पुग्यो। खेल बराबरीमा सकिने संकेत देखियो।
तर इन्ज्युरी समयको सातौं मिनेटमा इड्डी एनकेडियाले गोल गरे। यो सँगै क्रिस्टल प्यालेसले लिभरपुल विरूद्ध २-१ को जित हात पार्यो।
लिभरपुलको यो पहिलो हार हो। ६ खेलबाट ५ जित र एक हारको नतिजामा लिभरपुल लिगको शीर्षस्थानमा नै रहेको छ।
६ खेल खेलेको क्रिस्टल प्यालेसको यो तेस्रो जित हो। उसले ३ खेल बराबरीमा सकाएको छ। १२ अंक सहित क्रिस्टल प्यालेस लिगको दोस्रो स्थानमा रहेको छ।
आजै ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित भएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]