default_image

2 months ago

September 28, 2025

म्याड्रिड डर्बीमा रियल पराजित

360 views

0 Bookmark

एजेन्सी – एट्लेटिको म्याड्रिडले करिब ७५ वर्षपछि पहिलोपटक शहर प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध एकै खेलमा ५ गोल गरेको छ।

एट्लेटिकोले शनिवार ५-२ को जित निकाल्दै रियलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ।

एट्लेटिकोले म्याड्रिड डर्बीमा कम्तीमा ५ गोल गरेको यो चौथो पटक मात्र हो। यसअघि सन् १९५० नोभेम्बरमा भएको खेलमा एट्लेटिकोले रियललाई ६-३ ले हराएको थियो।

यो सिजन रियलले पहिलो हार बेहोरेको छ। रियलले ला लिगाका सुरुवाती ६ खेल जितेका थियो । च्याम्पियन्स लिगको पहिलो खेलमा मार्सेलाई २-१ ले पराजित गरेको थियो। रियलले लिगमा अन्तिम पटक यति धेरै गोल २०१८ अक्टोबरमा बार्सिलोनासँग ५-१ ले हार्दा खाएको थियो।

खेलमा डिएगो सिमियोनेको टोलीलाई रोबिन नर्मान्डले हेडरमार्फत १४ औं‌ मिनेटमा सुरुवाती अग्रता दिलाए। तर त्यसलाई रियलका किलियन एमबाप्पेले २५ औं मिनेटमा बराबरी र अर्दा गुलरका ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।

तर पहिलो हाफको इन्जुरी समयमा एलेक्जेन्डर सोर्लोथले गोल गर्दै खेललाई २-२ मा ल्याए।
दोस्रो हाफमा घरेलु टोलीले खेलमा नियन्त्रण बनायो ।

जुलियन आल्भारेजले ५१ औं पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए। उनले ६३ औं मिनेटमा उत्कृष्ट फ्रि-किकमार्फत अर्को गोल थपे। एट्लेटिकोले त्यसपछि रक्षात्मक खेल अपनायो ।‌ इन्ज्युरी समयको अन्तिम चरणमा एन्टोइन ग्रिजमनले टोलीको लागि पाँचौँ गोल गर्दै जित पक्का गरे।

यो नतिजासँगै सिमियोनेको टोलीले ला लिगामा रियलविरुद्धको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। एट्लेटिको पछिल्ला ६ लिग खेलमा रियलसँग पराजित भएको छैन।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.