2 months ago
September 29, 2025
एजेन्सी – आर्सनलले आइतवार प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २-१ ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ।
३४औं मिनेटमा निक वोल्टेमाडेले न्युकासललाई अग्रता दिलाएपछि आर्सनल लगातार तेस्रो पटक टाइनसाइडमा हार्ने अवस्थामा पुगेको थियो।
तर ८४औं मिनेटमा परिवर्तित मिकेल मेरिनोले डेक्लान राइसको क्रसमा हेड गर्दै बराबरी गोल गरे।
इन्ज्युरी समयको छैंटौं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको कर्नरमा ग्याब्रिएलले शक्तिशाली हेड गोल गर्दै आर्सनललाई नाटकीय जित दिलाए।
यो जितसँगै आर्सनल तालिकामा दोस्रो स्थानमा पुगेको छ र शीर्षस्थानमा रहेको लिभरपुलभन्दा २ अंक मात्र पछाडि छ। शनिबार क्रिस्टल प्यालेससँग १-० ले पराजित भएपछि लिभरपुलको अग्रता घटेको हो।
६ अंक सहित न्युकासल १५औं स्थानमा छ। अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-१ ले हराएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]