default_image

2 months ago

September 29, 2025

बार्सिलोना शीर्ष स्थानमा

404 views

0 Bookmark

एजेन्सी – बार्सिलोना ला लिगामा आइतवार विजयी भएको छ। रियल सोसिडाडविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थान उक्लिएको छ ।

टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरे। ३१औं मिनेटमा आल्भारो ओड्रिओजोलाले आन्देर बार्रेनटक्सियाको क्रसमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए।

तर ४३औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेले मार्कस रासफोर्डको कर्नरमा हेड गोल गर्दै बराबरी गरे।
५८औं मिनेटमा प्रशिक्षक हान्सी फ्लिकले लामिन यामललाई मैदानमा उतारे।

यामलले छिर्नासा डिफेन्डरलाई छल्दै क्रस गरेको बलमा अनमार्क्ड रहेका लेवान्डोव्स्कीले हेड गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

खेलको अन्त्यतिर टाकेफुसा कुबोले बराबरी गोल गर्ने मौका पाए तर उनको प्रयास क्रसबारमा लाग्यो।

यो जितसँगै बार्सिलोनाले ६ खेलमध्ये छैटौँ जित हात पारेको छ । बार्सिलोनाले रियल म्याड्रिडलाई १-० ले पछाडि परेको छ। अघिल्लो दिन रियल एट्लेटिको म्याड्रिडसँग ५-२ ले पराजित भएको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.