2 months ago
October 1, 2025
एजेन्सी – च्याम्पियन लिगमा मंगलवार रियल म्याड्रिडले काइरात अल्माटी विरुद्ध ५–० को फराकिलो जित निकालेको छ।
रियललाई जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रिक गरे। च्याम्पियन्स लिगमा हिजो अन्य ८ खेलमा अधिकांश चर्चित क्लब विजयी भए । प्रिमियर लिगको शीर्ष टोली लिभरपुल भने पराजित भएको छ।
फ्रान्समा मार्सेलद आयाक्सलाई ४-० ले हरायो। इगोर पैक्साओले २ तथा मेसन ग्रिनवुड र पियरे एमरिक ओबामेयाङले समान १ गोल गरे।
म्याड्रिडमा एट्लेटिकोले जर्मन क्लब आइन्ट्राख्ट फ्रान्कफर्टलाई ५-१ ले हरायो। एन्टोइन ग्रिजमनले आफ्नो २ सयौं गोल पूरा गरे ।

इटालीमा एट्लान्टाले बेल्जियमको क्लब ब्रुजलाई २-१ ले पराजित गर्यो। पहिलो हाफमा पछाडि परेको एट्लान्टाले दोस्रो हाफमा लाजार सामार्द्जिकको पेनाल्टी र मारियो पासालिचको अन्तिमतिरको गोलबाट जित निश्चित गर्यो।
जर्मनीको बायर्न म्युनिखले साइप्रसको पाफोसलाई ५-१ ले हरायो। ह्यारी केनले २ तथा राफाएल गुरेरो र निकोलास जाक्सनले गोल गरे।
इस्तानबुलमा गालातासारेले इंग्ल्यान्डको लिभरपुललाई १–० ले हरायो। भिक्टर ओसिम्हेनले पेनाल्टीमार्फत निर्णायक गोल गरे। लिभरपुलले बल नियन्त्रणमा राखेपनि अवसरलाई गोलमा परिणत गर्न सकेन।
लन्डनमा चेल्सीले बेन्फिकालाई १-० ले पराजित गर्यो।
नर्वेको बोडो/ग्लिम्ट र टोटनहमबीचको खेल २-२ को बराबरीमा टुंगियो। घरेलु टोलीले अग्रता लिए पनि अन्त्यतिर टोटनहम खेलमा फर्कन सफल रह्यो।
इटालीको इन्टर मिलानले स्लाभिया प्रागलाई ३-० ले हरायो। इन्टरले सुरुदेखि खेल नियन्त्रणमा राख्दै सहज जित निकाल्यो।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]