2 months ago
October 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा अनुबन्धित भएकी छिन्।
राष्ट्रिय टोलीकी पूर्व कप्तान एञ्जिला हाफ सिजनको लागि सेथुसँग जोडिएकी हुन्। उनले यसअघि पनि सेथुबाट भारतीय महिला लिग खेलिसकेकी छिन्। भारत पुगिसकेकी उनी प्रशिक्षकणमा पनि सहभागी पनि भैसकेको उनको जीवनमा आधारित फिल्म अम्जिलाका निर्माता प्रेम श्रेष्ठले जानकारी दिए।
एपिएफको अनुमतिपछि उनी सेथुसँग आबद्ध भएकी हुन्। क्लबले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताको लागि खेल्ने शर्तमा सेथुसँग जोडिएकी हुन्।
सन् २०२३-२४ को सिजनमा उनले सेथुमा कप्तानको जिम्मेवारी निभाएकी थिइन्। गत सिजन भने उनले युरोपबाट व्यसायिक लिग खेलेकी थिइन्। ग्रीसको निस अट्रोमिटोसँग गत सिजन आबद्ध थिइन्।
एन्जिलाले राष्ट्रिय टोलीबाट ५७ खेल खेलेको अनुभव छ। उनले २०१९ देखि एएफसी एसियन कप छनोट अघिसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेकी थिइन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]