default_image

2 months ago

October 2, 2025

पिएसजीसँग बार्सिलोना पराजित

462 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि २–१ को जित दर्ता गरेको छ।

एक गोलले पछि परेको अवस्थाबाट फर्किएको पिएसजीले चोटग्रस्त मुख्य खेलाडी नभए पनि अवे खेलमा सफलता प्राप्त गर्यो ।

बार्सिलोनाले खेलको राम्रो सुरुवात गर्‍यो। १९ औँ मिनेटमा मार्कस रासफोर्डले दिएको पासलाई फरान टोरेसले अफसाइड ट्रयाक बिट गर्दै गोल गरे ।

तर पिएसजी ले ३८ औँ मिनेटमा बराबरी गोल गर्‍यो। नुनो मेन्डेसले तीन डिफेन्डरलाई कटाउँदै दिएको पासमा १९ वर्षीय सेन्नी मायुलुले गोल गरे।

८३ औँ मिनेटमा परिवर्तित खेलाडी लि काङ इनको प्रहार पोस्टमा ठोक्कियो। ९० औँ मिनेटमा पिएसजीले निर्णायक गोल गर्‍यो।

अश्राफ हाकिमीको क्रसलाई अर्काे परिवर्तित खेलाडी गोनकालो रामोसले नजिकैबाट गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।

पिएसजी कप्तान मार्क्विन्होस , आक्रमण पंक्तिका उस्मान डेम्बेले, ख्विचा क्वारात्स्खेलिया र डिजाएर डुये विना खेलेको थियो ।

बार्सिलोना कप्तान फ्रेडी डे जोङले भने,
‘अन्तिम मिनेटमा गोल खाएर घरलु मैदानमा हार्नु निराशाजनक हो। सुरुवातमा हामी राम्रो थियौं तर दोस्रो हाफमा पिएजजी बलिया देखियो।’

च्याम्पियन्स लिगमा हिजोको नतिजा

बार्सिलोना १ – २ पिएसजी

बोरूसिया डर्टमन्ड ४-१ एथ्लेटिक बिलबाओ

आर्सनल २-० ऑलम्पियाकोस

मोनाको २–२ म्यानचेस्टर सिटी

जुभेन्टस २-२ भिल्लारियल

युनियन सेन्ट गिलोसी ०-४ न्युक्यासल

नेपोली २-१ स्पोर्टिङ

भिल्लारियल २-२ युभेन्टस

च्याम्पियन्स लिगको अंक तालिका

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.