2 months ago
October 2, 2025
एजेन्सी – एरिक डायरले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि मोनाकोले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा २-२ को बराबरीमा रोकेको छ।
एर्लिङ हालान्डले २ गोल गर्दै उत्कृष्ट फर्म जारी राखेपनि सिटी निकाल्नबाट चुक्यो । हालान्डले पहिलो हाफमै दुई गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० खेलमै ५२ पुर्याए।
योसँगै सिटीको अपराजित यात्रामा ६ खेल पुगेको छ। तर ९० औँ मिनेटमा मोनाकोले पाएको पेनाल्टीलाई डायरले चुकाएनन् र बराबरी गोल गरे।
खेलको सुरुवाती १५ मिनेटसम्म हालान्डले बल छोएनन्। तर पहिलो अवसरमै उनले योस्को ग्वार्डिओलको पास समातेर अघि बढेका गोलकिपर फिलिप कोहनमाथि चिप प्रहार गर्दै पहिलो गोल गरे।
तर तीन मिनेटमै जोर्डन टेज़ेले बक्स बाहिरबाट हानेको प्रहारमा जियानलुइजी डोनारुम्मालाई कुनै मौका पाएनन् र खेलमा १-१ भयो।
सिटीले बल नियन्त्रणमा राखेपनि फिल फोडेनले प्रहार गरेको बल क्रसबारमा ठोक्कियो। त्यसपछि ४४ औं मिनेटमा हालान्डले निको ओ’रिल्लीको क्रसमा हेड गोल गर्दै दोस्रो पटक टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफमा इटालीका गोलकिपर डोनारुम्माले मघ्नेस अकलिउसको प्रहार रोके। तर अन्तिम क्षणमा पाएको पेनाल्टीमा भने डायरलाई रोक्न सकेनन् र खेल बराबरीमा टुङ्गियो।
आर्सनल र न्युक्यासललाई सफलता
च्याम्पियन्स लिगमा आर्सनलले ओलिम्पियाकोसलाई २–० ले हरायो। खेलको १२ औँ मिनेटमै ग्याब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाए भने इन्ज्युरी समयमा बुकाे सा्काले दोस्रो गोल गर्दै जित पक्का गरे।

न्युकासलले युनियन सेन्ट–गिलोइसलाई ४–० ले पराजित गर्यो। नयाँ खेलाडी निक वोल्टेमाडेले १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। यो उनको चार खेलमा तेस्रो गोल हो।
त्यसपछि एन्टोनी गाेर्डनले दुबै हाफमा पेनाल्टीमार्फत २ गोल गरे र अन्तिमतिर परिवर्तित खेलाडी हार्भी बार्न्सले चौथो गोल थपे।
अर्को खेलमा कराबाखले कोपेनहेगनलाई २-० ले हराउँदै लगातार जितको शृंखला कायम राख्यो। अब्देल्लाह जुबिर र इमानुएल अडाइले गोल गरे।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि पिएसजी २–१ ले विजयी भयो। फरान टोरेसले घरेलु टोलीका लागि गोल गरे तर नुनो मेन्डेसको पासमा १९ वर्षीय सेन्नी मायुलुले बराबरी गरे।
अन्त्यतिर अश्राफ हाकिमीको क्रसमा गोनकालो रामोसले निर्णायक गोल गर्दै पाहुना टोलीलाई जित दिलाए।
युभेन्टस र भिल्लारियलबीचको खेल २–२ को बराबरीमा सकियो भने डोर्टमन्डले एथ्लेटिक बिलबाओलाई ४-१ ले पराजित गर्यो।
च्याम्पियन्स लिगमा २ खेलपछिको अंक तालिका

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]