2 months ago
October 2, 2025
एजेन्सी – मिडफिल्डर जुड बेलिङघमलाई २०२४–२५ सिजनको इंग्ल्यान्ड पुरुष वर्षको खेलाडी घोषित भएका छन्।
रियल म्याड्रिडका २२ वर्षीय बेलिङघमले ८ खेलमा १ गोल गर्दै नेशन्स लिग बढुवामा योगदान दिए । विश्वकप छनोटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।
उनले ग्रीसविरुद्ध गोल, आयरल्यान्डविरुद्ध २ असिस्ट र एक पेनाल्टी तथा अल्बानियाविरुद्ध अर्को असिस्ट गरेका थिए।
समर्थकको मतदानमा उनले डेक्लान राइस र हेरी केनलाई पछि पार्दै शीर्ष स्थानमा रहे । इंग्ल्यान्डबाहिर क्लबमा खेल्दै यो उपाधि जित्ने उनी दोस्रो खेलाडी बनेका छन्।

काँधको शल्यक्रियापछि सेप्टेम्बरमा मात्र पूर्ण फिट भएर फर्किएका बेलिङघम आगामी अक्टोबरमा वेल्स र लाट्भियाविरुद्धको खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।
गत वर्ष कोल पाल्मरले यो उपाधि प्राप्त गरेका थिए । त्यसअघि दुई वर्ष लगातार बुकायो साकाले यो अवार्ड जितेका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]