default_image

1 month ago

October 4, 2025

टोटनहमले लिड्स युनाइटेडलाई हरायो

133 views

0 Bookmark

एजेन्सी – मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ।‌

टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे।

भारी वर्षाबीच भएको खेलमा टोटनहमले घरेलु टोली विरुद्ध पहिले अग्रता बनायो। कुदुसको पासमा टेलले खेलको २३ औं मिनेटमा गोल गरे।

तर यो अग्रता ३४ औं मिनेटमा नै तोडियो। नोआ ओकाफोरले लिड्सको लागि बराबरी गोल फर्काए। पहिलो हाफ १-१ होलको बराबरीमा सकियो।

खेलको ५७ औं मिनेटमा कुदुसले गोल गरे। सोही होल निर्णायक बन्यो। टोटनहमले लिड्सलाई २-१ को हार चखायो। लिड्सले घरेलु मैदनामा एक वर्षपछि हार बेहोरेको हो।‌

चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ। लिड्ससँग भने ८ अंक मात्र रहेको छ।‌

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

Success

Thank you for your time.