1 month ago
October 4, 2025
एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २-० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। युनाइटेडको जितमा मासोन माउन्ट र बेन्जामिन सास्कोले गोल गरे।
खेलको सुरुवातमा नै म्यानचेस्टर अग्रता बनाउन सफल रहयो। आठौं मिनेटमा मासोनले गोल गरे। १-० ले अगाडि बढेको युनाइटेडले खेलको ३१ औं मिनेटमा अग्रता दुगुना गर्न सफल रहयो। उसको लागि बेन्जामिनले गोल गरे। पहिलो हाफ २-० को नतिजामा सकियो।
सन्डरल्यान्ड दोस्रो हाफमा खेलमा फर्कन सकेन। युनाइटेड २-० को अग्रता जोगाउँदै खेल आफनो पक्षमा पार्न सफल रहयो।
७ खेल खेलेको म्यानचेस्टरको यो तेस्रो जित हो। टोली ३ खेलमा हार र एक खेलमा बराबरी नतिजा निकालेको छ। १० अंक सहित म्यानचेस्टर लिगको आठौं स्थानमा छ।
सन्डरल्यान्ड ११ अंक सहित लिगको छैटौं छ। उसले ७ खेलमा ३ मा जित तथा समान २ खेलमा हार र बराबरी नतिजा निकालेको छ।
आर्सनल र टोटनहमलाई सफलता
आर्सनल र टोटनहमले आज जित निकालेका छन् । आर्सनलले वेस्टहम युनाइटेटलाई २-० ले हरायो। आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले गोल गरे।
खेल अवधिभर दबाब बनाएको आर्सनलले ३८ औं मिनेटमा अग्रता बनायो। वेस्टह्यामले गतिलो पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा आर्सनल १-० को अग्रता बनाउन सफल रहयो।
वेस्टहम दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । यता आर्सनलले खेलको ६७ औं मिनेटमा प्राप्त पेनाल्टीमा साकाले गोल गरे।
मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्ल लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ।
टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे।
चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ। लिड्ससँग भने ८ अंक मात्र रहेको छ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]