default_image

1 month ago

October 5, 2025

चेल्सीसँग लिभरपुल पराजित

342 views

0 Bookmark

एजेन्सी –   विलियन एस्टेभाओले इन्ज्युरी समयमा निर्णायक गोल गेपछि शनिवार  चेल्सीले लिभरपुललाई २-१ ले हराएको छ।

यो जितसँगै चेल्सी प्रिमियर लिगको अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर २सहित लगातार ३ खेल हारेको लिभरपुल शीर्ष स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको छ।

त्यसअघि नै आर्सनलले वेस्ट हम युनाइटेडलाई २–० ले हराउँदै लिगको शीर्ष स्थान उक्लिएको थियो। त्यसैले लिभरपुललाई शीर्षमा फर्कन चेल्सीलाई हराउनै पर्ने थियो।

तर खेलमा परिस्थिति उल्टियो। चेल्सीका मोइसेस कैसिडोले १४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि लिभरपुलका कोडी गाक्पोले ६३औं बराबरी गोल गर्दै खेल १–१ बनाए।

अन्त्यतिर चेल्सीका एन्जो फर्नान्डेजले सुनौलो मौका गुमाउँदा लिभरपुल भाग्यशाली बन्ने संकेत देखिएको थियो। तर खेलको इन्ज्युरी समयको पाँचौं मिनेटमा  एस्टेभाओले मार्क कुकुरेल्लाको क्रसमा गोल गर्दै चेल्सीको जित निश्चित गरे।

लिभरपुल प्रिमियर लिगमा गत साता क्रिस्टल प्यालेससँग र साताको मध्यमा गालातासारेविरुद्ध च्याम्पियन्स लिगमा पराजित भएको थियो। अब लिभरपुल आर्सनल (१६ अंक) भन्दा एक अंकले पछाडि परेको छ।

शनिवार नै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २-० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। युनाइटेडको जितमा मासोन माउन्ट र बेन्जामिन सास्कोले गोल गरे।

मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ।‌ टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे।

लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ। लिड्ससँग भने ८ अंक मात्र रहेको छ।‌

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

Success

Thank you for your time.